२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर जेसीजद्धारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३१ गते , मंगलबार
भद्रपुर जेसीजद्धारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

भद्रपुर । भद्रपुर जेसीजले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  गरेको छ ।  भद्रपुर जेसीजको सचिवालय भवनमा मङ्गलवार एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकास) र पूर्व सांसद पुष्प पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेल, जिल्ला समन्वय समितिका सदस्य पदम लिम्बु, जेसीजका निवर्तमान अध्यक्ष डिल्ली पोखरेल, पूर्व अध्यक्ष अभिशेष ढुङ्गाना, चन्द्रगढी ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई जनक तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक उपाध्यक्ष रबिन कार्कीले गरेको कार्यक्रममा जेसिज आस्था वाचन एकराज भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मनोज भट्टराईले गरेका थिए । 

सम्बन्धित समाचार