२०८१ माघ २५ गते , शुक्रबार

कचनकवलको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको एक टोलीले पुगे पाँचथरको चौँरी महोत्सवमा

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३१ गते , मंगलबार
कचनकवलको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको एक टोलीले पुगे पाँचथरको चौँरी महोत्सवमा

झापा । नेपालकै होचो भूभाग कचनकवल स्तम्भको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको एक टोली पाँचथर पुगेका छन् । पाँचथरको फालेलुङ गाउँपालिकाद्वारा आयोजित चौँरी पर्यटन महोत्सव २०७८ मा प्रतिनिधित्व जनाउन गाउँपालिकाबाट ९ जनाको टोली त्यहाँ पुगेका हुन । समुन्द्र सतहबाट ५८ मिटर उचाइ रहेको कचनकवल स्तम्भको प्रचारप्रसारका लागि सो टोली राष्ट्रिय झन्डा बोकेर ३३४० मिटरको उचाइमा आयोजित चौँरी पर्यटन महोत्सवमा पुगेको सहभागी शिक्षक प्रतिनिधि रत्नकुमार बुढाथोकीले जानकारी दिए ।

नयाँ वर्ष २०७८ सँगै आदिवासी जनजाति तथा अन्य जातजातिको बाक्लो बसोबास रहेको कचनकवललाई पर्यटनको मुख्य आकर्षकको केन्द्र बिन्दु बनाउने उद्देश्य रहेको उनको भनाइ छ । सो टोलीलाई कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम तथा प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले राष्ट्रिय झन्डासहितको बिदाइ गरेका थिए ।

उता कचनकवल भ्रमणको निम्तो स्विकार्दै फालेलुङ गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङ, उपाध्यक्ष हिमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहान तथा आलेप प्रमुख राजेश भण्डारीले आन्तरिक पर्यटनको प्रवर्द्धनमा हामी सबैले हातेमालो गर्दै सुदृढ अर्थतन्त्रको विकास र बिस्तारमा लाग्नुपर्ने भन्दै कचनकवलबाट महोत्सवमा आएका टोलीलाई स्वागत गरेका थिए । 

सम्बन्धित समाचार