मेघ्ना भट्टराई बनिन् राइजिङ्ग मोडल
झापा । मेघ्ना भट्टराईले राइजिङ्ग मोडल झापा २०२१ को ताज पहिरिएकी छन् । झापाको बिर्तामोडमा पिसिएस प्रोडक्सन हाउस कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मेघ्नाले उपाधि जितेकी हुन् ।
राइजिङ्ग मोडलको उपाधिसँगै मेघ्नाले मिस ट्यालेन्टको उपाधि समेत हात पारिन् । प्रतियोगिताको फस्ट रनरअप, मिस वेष्ट वर्कको उपाधि बिर्तामोडकी आसिका श्रेष्ठले हात पारिन् भने सेकेण्ड रनरअप, पङ्चुवलको उपाधि रोहिनी बस्नेतले हात पारिन् । त्यसैगरी अर्गनाइजर च्वाइज अभिषेक रिजाल, मिस कन्फिडेन्स आतुष पोख्ररेल, मस्ट डिसिप्लेन साजन आङ्दम्बे, मिस फ्रेन्डली ममता राजवंशी र मिस पङच्वलिटी आस्मा कडरिया घोषित भएको इभेन्ट मेनेजर सुशील निरौलाले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा आँसु महर्जन, मेरिना विश्वकर्मा र सनिस शाक्य रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर एलिसा पोख्ररेल र सोनिका राजवंशीले गरेका थिए । कम्पनीका अध्यक्ष पुकार कार्कीको अध्यक्षतामा सम्पन्न फाइनल प्रतियोगिताको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतारा प्रसाई रहेकी थिइन् ।
सुमन शर्माले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका मेनेजिङ डाइरेक्टर चेतन बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए भने प्रोग्राम कोअर्डिनेटर अनुमा राईले स्वागत गरेकी थिइन् ।