२०८१ जेष्ठ १३ गते , आईतबार

झापा गाउँपालिकाका छात्रालाई निःशुल्क साइकल

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३० गते , सोमबार
झापा गाउँपालिकाका छात्रालाई निःशुल्क साइकल

झापा । झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साईकल वितरण गरेको छ । झापा गाउँपालिकाभित्र जम्मा ५ वटा सामुदायिक माध्यमिक विद्यालयहरू रहेका छन् । कक्षा ९ मा पढ्ने सम्पूर्ण छात्राहरूलाई साईकल वितरण गरिएको हो । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच ५ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा विद्यालयका छात्राहरूलाई साईकल वितरण गरेको हो ।

साईकल वितरण गरिएका विद्यालयहरूमा डिल्लीराज माविका १०१ जना , कुवाडीदेवी माविका ३८ जना र महेन्द्र माविका ११ जना रहेका छन् । बाँकी २ वटा सामुदायिक विद्यालयलाई पनि निरन्तरता दिइने जनाइएको छ । झापा गाउँपालिकाले विपन्न परिवारका छात्राहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि , विद्यार्थीको नियमितता , विद्यार्थीको हौसलामा वृद्धि हुने अध्यक्ष जयनारायण शाहले विश्वास गरेका छन् ।

सम्बन्धित समाचार