२०८१ जेष्ठ १३ गते , आईतबार

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, पीडितद्वारा सडकमा टायर बालेर प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३० गते , सोमबार
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, पीडितद्वारा सडकमा टायर बालेर प्रदर्शन

इटहरी । इटहरीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि पीडितले पक्षले प्रदर्शन गरेका छन् । कोशी राजमार्गस्थित इटहरी १ मा आइतबार प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ७२ वर्षीय कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिनभर स्थानीयले सडक अबरुद्ध गरेका थिए । दिनभर पीडित सहमतिमा नआएकाले रातको १२ बजे मात्रै मुचुल्कामा ‘ट्रिपर चालकले नियतबस रुपमा ब्याक गरेर मारेको’ भन्ने उल्लेख गरेपछि पीडितका आफन्तले शव उठाएका थिए ।

आइतबार राति मात्रै सहमतिमा आएका पीडितले सोमबार पनि इटहरीमा प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय अगाडि पीडितले टायर बालेर सडक अबरुद्ध पारेका छन् । ट्रिपर चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै राति मात्रै ट्रिपर चलाउन समेत पीडितको माग छ ।

ट्रिपर चालक इटहरी १९ का २९ वर्षीय अनिल चौधरीले ट्रिपर ब्याक गरेर किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । ट्रिपर चालक वार्तामा आउनुपर्ने र उचित क्षतिपूर्ति दिलाउनुपर्ने पीडितको माग छ ।

सम्बन्धित समाचार