२०८२ असार २ गते , सोमबार
करेन्ट लागेर एक जनाको मृत्यु

झापा । मोरङ सुन्दरहरैचा ७ गोठगाउ निवासी २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वायरिङ गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।