२०८३ बैशाख ३ गते , विहीबार

मोटरसाइकल दुर्घटनामा परी चालक लिम्बुको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३० गते , सोमबार
मोटरसाइकल दुर्घटनामा परी चालक लिम्बुको मृत्यु

मोरङ । लेटाङ नगरपालिका ९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। आइतबार राति साढे १२ बजे लेटाङ ९ पारुहाङ चोकमा लिम्बुले चाएको मे ९ प ९५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको विराटनगरस्थित विराट अस्पताल उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

सम्बन्धित समाचार