२०८३ बैशाख ३ गते , विहीबार

साइकल चोरी गरेको आरोपमा एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २९ गते , आईतबार
साइकल चोरी गरेको आरोपमा एक पक्राउ

झापा  । साइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  सुनसरी इनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियालाई साइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

शनिवार बेलुका ८ बजे बराह क्षेत्र १० प्रकारपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल मियाले चोरी गर्न खोजेको प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा साइकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार