२०८३ बैशाख ३ गते , विहीबार

झापाका ६ सहित प्रदेश १ मा आज थपिए २१ नयाँ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
झापाका ६ सहित प्रदेश १ मा आज थपिए २१ नयाँ कोरोना संक्रमित

झापा । प्रदेश १ मा शनिबार ७ महिला र १४ पुरुष गरी २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।  सामाजिक विकास मन्त्रालयका अनुसार आज झापा, मोरङ र सुनसरीमा कोरोना सङ्क्रमित भेटिएका हुन् । आज मोरङको पथरीशनिश्चरे नगरपालिकामा १ पुरुष, विराटनगर महानगरपालिकामा २ महिला ४ पुरुष गरी ७ जना, सुन्दर हरैचा नगरपालिकामा १ जना पुरुष, मोरङको स्थानीय निकाय नखुलेका १ जना पुरुष र केराबारी गाउँपालिकामा १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

झापाको दमक नगरपालिकामा ३ महिला र १ पुरुष गरी ४ जना, बिर्तामोड नगरपालिकामा १ पुरुष, भद्रपुर नगरपालिकामा १ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको दुहबी नगरपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा २ पुरुष, इटहरी उपमहानगरपालिकामा १ पुरुष र प्रदेश बाहिरका १ पुरुष सहित आज प्रदेश १ मा ७ जना महिला र १४ जना पुरुष गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सम्बन्धित समाचार