२०८२ जेष्ठ ११ गते , शनिबार
भारतमा तीव्र गतिमा फैलिँदै कोरोना, २४ घण्टामा थपिए डेढ लाख नयाँ संक्रमित

एजेन्सी । भारतमा बितेको २४ घण्टामा १ लाख ४५ हजार बढी नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला परेका हुन् । यसबीचमा ७ सय ९४ जनाको ९४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।
७७ हजार ५६७ जना निको भएर घर फर्केका छन् । हालसम्म १ करोड १९ लाख ९० हजार ८५९ जना निको भइसकेका छन् । अहिलेसम्म कोरोनाबाट १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ । देशमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ६३१ जना छन् ।