२०८३ बैशाख ३ गते , विहीबार

पिकअपले ठक्कर दिँदा झापामा पैदल यात्रीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
पिकअपले ठक्कर दिँदा झापामा पैदल यात्रीको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकस्थित मेची राजमार्गमा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले गाडी चालक मेचीनगर नगरपालिका-३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई र गाडीलाई नियन्त्रण लिएको छ।

सम्बन्धित समाचार