२०८३ बैशाख ३ गते , विहीबार
झापाको सतिघट्टामा सशस्त्र प्रहरीको विओपी स्थापना
झापा । सीमा सुरक्षालाई मध्यनजर गरी झापामा सशस्त्र प्रहरीले थप एउटा बिओपी स्थापना गरेको छ । मेचीनगर नगरपालिका ७ सतिघट्टामा रहेको ढल तथा फोहोर व्यवस्थापनको दुई तले कार्यालय सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट स्थापना गरेको हो । सो विओपीको शुक्रवार एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्वा झापाका एसपी रमेशकुमार पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बिओपी स्थापना भएसँगै झापाको सीमा सुरक्षा थप मजबुत भएको स्थानीयले बताएका छन् ।