२०८३ बैशाख ३ गते , विहीबार

प्रदेश १ : चट्याङ लागेर तीन जना घाइते 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २७ गते , शुक्रबार
प्रदेश १ : चट्याङ लागेर तीन जना घाइते 

झापा । प्रदेश १ का विभिन्न जिल्लामा बिहीबार पानीसँगै परेको चट्याङ लागेर तीन जना घाइते भएका छन् । सङ्खुवासभा ५ मकालुस्थित नुम बजार बस्ने २३ वर्षीय लीलाबहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङ लागेर घाइते भएका छन् ।  उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङ लागेर  घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल इनरुवा उपचार भइरहेको छ ।  ओखलढुङ्गा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छिन् । उनको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार