२०८३ बैशाख ३ गते , विहीबार

ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २४ गते , मंगलबार
ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु

ओखलढुुंगा । मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ। गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।  दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

दुर्घटनामा गाडीका चालक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धुसेनीका टुल्कीमाया मगर, बिना मगर र डोल कुमारी मगरको अवस्था अचेत रहेको प्रहरीले बताएको छ।

बोलेरो चालक सिद्धिचरण नगरपालिका–१० का कमल थापाको अवस्था भने गम्भीर रहेको र घाइतेलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हाल घटना स्थलमा प्रहरी पुगेको र घाइतेको उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए। सडकबाट करिब ७ सय मिटर तल झरेको गाडी बिहान करीब साढे ९ बजेतिर दुर्घटना भएको भए पनि प्रहरीले १२ वजे खबर पाएको उनको भनाइ छ। हाल गाडी चालक थापालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ भने अन्य तीन जनाको उद्धार भइरहेको प्रहरीको भनाइ छ। 

दुर्घटनास्थल विकट स्थानमा रहेकोले भर्खर मात्र घटनास्थलमा नेपाल प्रहरीको टोली डोरी तथा अन्य उद्धार सामग्री लिएर पुगेको छ। दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ।

सम्बन्धित समाचार