२०८३ बैशाख ३ गते , विहीबार

शहीद याम आचार्यको शालिक अनावरण 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २४ गते , मंगलबार
शहीद याम आचार्यको शालिक अनावरण 

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद याम आचार्यको शालिक अनावरण गरेका छन् । मंगलबार बुद्धशान्ति गाउँपालिका–७ मा रहेको शहीद आचार्यको शालिक सभापति देउवाले अनावरण गरेका हुन ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले शालीक निर्माण गरेको हो । आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् । पूर्वप्रधानमन्त्री देउवाले शालीक अनावरण गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवासँगै काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई, प्रवक्ता विश्वप्रकाश शर्मा, झापाका सभापति उद्वव थापा, उपसभापति राम कट्टेल, मेचीनगरका मेयर विमल आचार्य, बुद्धशान्ति गाउँपालिककाका अध्यक्ष रमेशकमार भजेल लगायतका नेताहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार