२०८३ बैशाख ३ गते , विहीबार
पूर्वी नेपालमा भूकम्पको धक्का, भारतको ग्यान्टोक केन्द्र बिन्दु
झापा । आज (सोमबार) राति ९ बजेर १५ मिनेट जाँदा नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ। ५ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको www.volcanodiscovery.comमा उल्लेख छ। भूकम्पको धक्का झापा, इलाम, सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ। पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्।
यसअनुसार भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ। साथै कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा यसको धक्का महसुस भएको छ। नेपालको पूर्वी भागमा बढी महसुस गरिएको भूकम्पबारे यो समाचार तयार पार्दासम्म भूकम्प मापन केन्द्रले सूचना सार्वजनिक गरेको छैन।