२०८१ जेष्ठ १३ गते , आईतबार

कचनकवलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २२ गते , आईतबार
कचनकवलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । दक्षिणी झापाको कचनकवलबाट लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका २ स्थित सुकुनाडिगी बस्ने २८ वर्षीय सञ्जय लामा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर र एक थान डिजिटल तराजुसहित जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

 

सम्बन्धित समाचार