वीरता जेसीजद्वारा मल्टी च्याप्टर तालिम

झापा । वीरता जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम, नेतृत्व विकास कला , माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता जिल्ला न्यायाधीश दिलकुमार बर्देवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका अन्तर शाखा संयोजक जीवनकुमार खड्काले स्वागत गरेका थिए ।नेपाल जेसीजको तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिमको सहजीकरण प्रमुख प्रशिक्षक नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर दीपक शाक्य , नेतृत्व विकास कला र माइन्युट लेखन तालिमको सहजीकरण गोकुल सापकोटाले गरेका थिए । कार्यक्रममा झापा जिल्ला भरीका सबै शाखाका पदाधिकारी र वीरता जेसीजका पदाधिकारीहरू सहित एक सय २० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, महासचिव सिनेटर विकास मानन्धर, तालिम आयुक्त मनिस श्रेष्ठ , क्षेत्र क निरूपित राष्ट्रिय उपाध्यक्ष रजनी थापा , भ्लग कोअर्डिनेटर सुमन तिम्सिना , पूर्व उपाध्यक्ष प्रशान्त भण्डारी,विशाल थापा, वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाईं, सजेश सिवाकोटी , निवर्तमान अध्यक्ष मिजास पोखरेललगायतको आतिथ्य रहेको थियो ।
वीरता जेसीजका प्रकरण निर्देशक कमल श्रेष्ठले आस्था वाचन गरेको कार्यक्रममा जेसीआई मिसन भिजन वाचन वीरता जेसीजका वातावरण तथा सरसफाइ संयोजक प्रज्ज्वल विमलीले गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष विकास बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।