२०८२ बैशाख ८ गते , सोमबार

यातायात काउन्टरमा झडप, एक मजदुरको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २० गते , शुक्रबार
यातायात काउन्टरमा झडप, एक मजदुरको मृत्यु 

झापा । यातायात काउन्टरमा काम गर्ने युवाहरूको समूहबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरको बिचमा झडपमा परि एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय नरेश रावल रहेका छन् ।  झडपमा भेरी नगरपालिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् । नरेशको शव बारेकोटको देउला खोलमा भेटिएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार