२०८१ माघ २ गते , बुधबार
बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
झापा । मोरङ उर्लाबारीका १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई पक्राउ गरेको हो । इलाका प्रहरी उर्लाबारीका अनुसार हिङमाङमाथि फेसबुकबाट चिनजान भएकी ती बालिकालाई ललाई–फकाइ होलीका दिन उर्लाबारीमा बलात्कार गरेको आरोप छ ।
जिल्ला प्रहरी मोरङका डिएसपी मानबहादुर राईका अनुसार हिङमाङले उर्लाबारी–७ की खरीमाया श्रेष्ठको घरमा बालिकालाई राखेर दुई दिनसम्म जबरजस्ती करणी गरेको भनी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए। त्यसका आधारमा प्रहरीले हिङमाङलाई पक्राउ गरी जिल्ला अदालत मोरङबाट छ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।