२०८१ जेष्ठ १३ गते , आईतबार

भद्रपुरमा रोकिएन ब्राउनसुगरको अवैध कारोबार, तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २० गते , शुक्रबार
भद्रपुरमा रोकिएन ब्राउनसुगरको अवैध कारोबार, तीन जना पक्राउ

झापा । भारतीय सीमा नाकासँग जोडिएको भद्रपुरमा प्रतिबन्धित लागुऔषध ब्राउनसगुरको कारोबार अझै रोकिएको छैन । भद्रपुरबाट प्रहरीले पटक-पटक ब्राउन सुगर प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरे पनि यसको अवैध कारोबार अझै नरोकिएको पाइएको छ। प्रहरीले भद्रपुर नगरपालिका ४ स्थित डाँगीवारिबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेसँगै यस घटनालाई पुष्टि गर्छ । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोविन्द राजवंशी रहेका छन् । उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।  पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

सम्बन्धित समाचार