२०८२ बैशाख ८ गते , सोमबार

पत्रकार महासङ्घ प्रदेश १ को अध्यक्षमा तीन जनाको उम्मेदवारी

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १९ गते , विहीबार
पत्रकार महासङ्घ प्रदेश १ को अध्यक्षमा तीन जनाको उम्मेदवारी

झापा । नेपाल पत्रकार महासङ्घ प्रदेश १ का लागि आज उम्मेदवारी दर्ता भएको छ । आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश १ अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्, जसमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको उम्मेदवारी परेको छ । त्यसैगरी, उपाध्यक्ष (खुला) तर्फ अर्जुन जम्मेली, रोहितकुमार राई र लवदेव ढुङ्गानाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष (महिला) तर्फ कोकिला ढकाल र हिमकुमारी चेम्जोङले उम्मेदवारी दिएका छन् । त्यस्तै, महासचिव पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गरेका छन्, जसमा श्री शिशा राई (श्रीप्रसाद), बन्धु पोखरेल, फिफाराज बेगा लिम्बू र विवेक गौतम रहेका छन् ।

त्यसैगरी, सचिव (खुला)तर्फ भने अविजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूको उम्मेदवारी परेको छ । समावेशीतर्फको सचिव पदका लागि सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ, जसमा गणेश साम्पाङ, विमल लामिछाने (बुद्धि) र सन्तोष रुचाल रहेका छन् ।

खुलातर्फका पाँच सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तीन महिला सदस्यका लागि सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् । त्यसैगरी, एक दलित सदस्य पदका लागि दुई जना र आदिवासी–जनजातिका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ । कोसी अनलाइनबाट

सम्बन्धित समाचार