२०८२ बैशाख ९ गते , मंगलबार

भद्रपुरमा मानव बेचबिखनविरुद्धको सचेतना कार्यक्रम 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १८ गते , बुधबार
भद्रपुरमा मानव बेचबिखनविरुद्धको सचेतना कार्यक्रम 

भद्रपुर । भद्रपुरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र साना हातहरू नेपालको आयोजनामा भद्रपुर १० नम्बर वडा कार्यालयमा एक दिने मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष जगत् वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रमाया  श्रेष्ठको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा सहभागीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर गिरी, नगरपालिका सामाजिक शाखाकी प्रमुख जीवनकला राउत र अधिवक्ता भीम बरालले सहजीकरण गरेका थिए । विक्रम वाग्लेले सञ्चालन गरेको कार्यक्रम १० नम्बर वडा अध्यक्ष टेकबहादुर खडका, ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार