२०८१ मंसीर २० गते , विहीबार

भारतबाट फर्किएकी झापाकी एक महिलामा कोरोना संक्रमण

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १८ गते , बुधबार
भारतबाट फर्किएकी झापाकी एक महिलामा कोरोना संक्रमण

झापा । भारतबाट फर्किएकी बिर्तामोडकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका १ की मारवाडी समुदायकी ३१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी चार दिनअघि भारतबाट घर फर्केकी थिइन् । मंगलबार गरिएको पिसिआर परीक्षणमा ती महिलालाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । दोस्रो चरणमा बिर्तामोडमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पहिलो चरणमा बिर्तामोडमा ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको ज्यान गएको थियो । पछिल्लो समय कोरोना संक्रमण छिमेकी राष्ट्र भारतमा बढेकोले सीमा नाकाहरूमा कडाइ र सतर्कता नअपनाइएको कारण झापामा पनि कोरोना संक्रमितहरूको सँख्या बढ्न थालेको छ । गत साता भारतबाट फर्किएकी कनकाई नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया पुलनादेवी मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो । १० दिनअघि मात्र ती महिला भारतमा रहेकी छोरीको घर गएकी थिइन् ।

सम्बन्धित समाचार