२०८३ बैशाख ३ गते , विहीबार
चट्याङ लागेर एक महिलाको मृत्यु
ओखलढुङ्गा । पानीसँगै परेको चट्याङ लागेर ओखलढुङ्गामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा ६ स्थित भित्ते बस्ने ५८ बर्षीया पासाङ शेर्पा रहेको प्रहरीले जनाएको छ । मङ्गलवार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर पासाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।