२०८३ बैशाख ३ गते , विहीबार
सिटीको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा । सुनसरी भोक्रहा नरसिंह ४ स्थित मिलन चोक बस्ने ५५ वर्षीय बेचन उराउको सिटीको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलन चोक स्थित भित्री सडक खण्डमा को १ ह १५७० नम्बरको सिटीले विपरीत दिसाबाट साइकलमा आइरहेका उरालाइ ठक्कर दिएको थियो । घाइते उराउ उराउको म्याक्स हस्पिटल विराटनगरमा उपचारको क्रममा मङ्गलवार अपराह्न ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटी र चालक भोक्रहा १ का दिव नारायण मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।