२०८३ बैशाख ३ गते , विहीबार
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ६ थामी झोडा बस्ने ५० वर्षीय यामबहादुर बोहोराको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार
सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जङ्गलबाट आएका तीन वटा जङ्गली हात्तीले उनीमाथि आक्रमण गरेका थिए । हात्तीको आक्रमणबाट घाइते भएका बोहोरालाई उपचारका अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।