जीवन बिमा पोलिसी खरिदकर्तालाई उत्सव उपहार
झापा । बिमा पोलिसी खरिदकर्तालाई इन्स्योरेन्स कम्पनीहरूले विभिन्न उत्सवहरूमा उपहार दिने क्रम बढ्दै गएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले कचनकवल गाउँपालिका २ निवासी पदमबहादुर श्रेष्ठलाई बिमा खरिद गरे बापत पोलिसी उपहार प्रदान गरेका छन् ।
श्रेष्ठले जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा पोलिसी खरिद थिए । परिवार र आफ्नो भविष्य सुनिश्चित गर्न उनले १ करोड बीमांक रकम बराबरको जीवन बिमा खरिद गरेको बताइएको छ । जन्मदिनको दिनको अवसरमा जीवन बिमा पोलिसी खरिद गरे बापत इन्स्योरेन्स कम्पनीले उत्सव उपचार प्रदान गरेको श्रेष्ठले बताए । साथै कम्पनीका प्रदेश उपप्रमुख तथा शाखा प्रबन्धक तौफिक शेखले बीमितलाई जन्मदिनको अवसरमा बिमा पोलिसी समेत हस्तान्तरण गरेका थिए ।
रिलायबल समुन्नति जीवन बिमा पोलिसी अन्तर्गत वार्षिक ५ लाख फिर्ता हुने साथै घातक रोग लागे बापत २० लाख, अस्पताल भर्ना सुविधा बापत ५० लाखसहित एक करोड पचास लाखको जोखिम कभरेज हुने कम्पनीका प्रदेश उपप्रमुख तौफिक शेखले बताए । रिलायबलमा विभिन्न पर्व उत्सव तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी सोही रकमबाट भविष्यमा हुन सक्ने आर्थिक क्षतिको न्यूनीकरण तथा छोराछोरीको उच्च शिक्षाको ग्यारेन्टी गर्न सकिने उनले बताए कम्पनीले जनाएको छ । ्सोहि कार्यक्रममा स्थानीय शिक्षक रत्नकुमार बुढाथोकीले विश्वकै बहुमूल्य वनस्पति अगरवुडको बिरुवासहितको गमला उपहार दिँदै बिमा र समग्र वातावरणको स्वच्छता परिवारको सुरक्षा जतिकै महत्त्वपूर्ण भएकोले बिरुवा रोप्ने अभियानमा लाग्नु पर्ने बताए ।