२०८३ बैशाख ३ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
झापा । सुनसरीको दुहबी नगरपालिका १० स्थित नहर चौकमा भएको मोटरसाइकल दुर्घटनामा परी गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय सञ्जय चौधरीको मृत्यु भएको छ ।
सोमबार दिउसो को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ४ प ६११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक चौधरी मृत्यु भएको हो । गम्भीर घाइते चौधरीको विराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो अर्का मोटरसाइकल चालक मोरङ झोरा हाट नया बजार बस्ने १८ वर्षीय निकेश बजारु समेत घाइते भएको र उनको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।