२०८३ जेष्ठ १७ गते , आईतबार

भद्रपुरमा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १२ गते , विहीबार
भद्रपुरमा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना 

भद्रपुर । भद्रपुर जेसीजको आयोजनामा एक दिने बालविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा समुदाय स्तरमा बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्य राखेर कार्यक्रम सम्पन्न गरिएको हो ।

भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे (निकास) को अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अधिवक्ता कविता शर्मा, भद्रपुर जेसीजका कानुनी सल्लाहकार टीकाराम पाण्डे, पूर्व अध्यक्ष अभिषेक ढुङ्गाना, भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले प्रशिक्षण दिएका थिए ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक रविन कार्कीले स्वागत गरेको कार्यक्रममा शुभकामना मन्तव्य नगर बाल सञ्जाल अध्यक्ष आराध्य प्याकुरेल, कार्यपालिका सदस्य विभा पासवान, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, वडा नं ६ का अध्यक्ष प्रेमबहादुर बरुवाल, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव मनोज भट्टराईले गरेका थिए ।

सम्बन्धित समाचार