२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता शुरु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ९ गते , सोमबार
भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता शुरु

भद्रपुर । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले झापाको भद्रपुर नगरपालिकाले सोमबारदेखि कबड्डीको वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको छ ।
भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिता सञ्चालन गरेको हो ।
मेची रङ्गशालाको कभर्ड हलमा १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ र नगरप्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाललगायत विभिन्न खेल विधाका प्रशिक्षकहरू समेतको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाका गरी ५ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।  कबड्डी उपसमिति संयोजक रतिया राजवंशीले भद्रपुरको १० वटै वडाले सहभागिता जनाएको बताउँदै उनले महिला तथा पुरुषको छुट्टाछुट्टै खेल सञ्चालन भइरहेको जानकार दिए ।
चैत १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई  क्रमशः  रु २० हजार, १० हजार र ५ हजार नगदसहित शील्ड, मेडल,र ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिए । 
प्रतियोगितामा महिला खेलाडीका लागि ७५ केजी र पुरुष खेलाडीका लागि ८० केजी सम्मको तौल निर्धारण गरिएको राजवंशीले बताउनु भयो ।
 

सम्बन्धित समाचार