२०८३ बैशाख ३ गते , विहीबार
नेपाल-भारत मैत्री सङ्घको अध्यक्षमा पुनः ओमप्रकाश सरावगी निर्वाचित
भद्रपुर । भद्रपुरका उद्योगपति तथा प्रदेश सांसद ओम प्रकाश सरावगी नेपाल-भारत मैत्री सङ्घको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएका छन् । सरावगी तेस्रो कार्यकालका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नेपालगन्जमा सम्पन्न सङ्घको ७ औं केन्द्रीय महाधिवेशनमा उनका प्रतिद्वन्द्वी राजकुमार सिँधीलाई १०४ को भारी मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको जनाइएको छ ।
सरावगीले ३०३ मत ल्याएका छन्, भने सिँधीले १८९ मतले ल्याएको नेपाल भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीप मणि रेग्मीले जानकारी दिए । यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा सप्तरीका शैलेन्द्र मोहन झा र महासचिवमा झापाका बोधकृष्ण सुवेदी निर्वाचित भएका छन् ।