२०८३ बैशाख २ गते , बुधबार

पूर्वमै पहिलो पटक झापामा कपाल प्रत्यारोपण

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ७ गते , शनिबार
पूर्वमै पहिलो पटक झापामा कपाल प्रत्यारोपण

झापा । पूर्वमै पहिलो पटक झापाको बिर्तामोडमा कपाल प्रत्यारोपण शुरु गरिएको छ । एचडीहेयर एन्ड डर्मा केयर बिर्तामोडमा कपाल प्रत्यारोपण मेलाको आयोजना गर्दै कपाल प्रत्यारोपण शुरु भएको हो । ‘डाइरेक्टर हेयर ट्रान्सप्लान्ट ’प्रविधिबाट कपालको प्रत्यारोपण शुरु गरिएको केयरका सञ्चालक तथा कस्मेटोलोजिष्ट मनु चिमरियाले जानकारी दिए । चैत १४ गतेसम्म सञ्चालन हुने कपाल प्रत्यारोपण मेलामा पूर्वका विभिन्न जिल्लाका स्थानीयवासी लाभान्वित हुने बताइएको छ । डर्माटोलोजिष्ट डा. अमित घिमिरेको नेतृत्वको टोलीले कपाल प्रत्यारोपणको सेवा प्रदान गरिरहेको छन् । डा. घिमिरेको नेतृत्वमा ५ सदस्यीय डाक्टर तथा प्राविधिकहरूको टोलीले कपाल प्रत्यारोपण शुरु गरेको कस्मेटोलोजिष्ट चिमरियाले जानकारी दिए।

पछिल्लो समय पुरुष युवामा खानपान तथा रहनसहन र वंशाणुगत गुणका कारण समेत कपाल झर्ने समस्या बढ्दो रहेको पाइएको छ । युवा पुस्तामा देखिएको कपाल झर्ने समस्याको दीर्घकालीन समाधानका लागि एक मात्र विश्वसनीय विकल्प प्रत्यारोपण नै रहेको चिकित्सकहरूले बताएका छन् । पूर्वमै पहिलो पटक कपाल प्रत्यारोपणको सेवा शुरु गरेसँगै युवा पुरुष समेत उत्साहित बनेका छन् । विशेष गरी ४० वर्ष उमेर समूह पार गरेका पुरुषहरूमा कपाल झर्ने समस्या अधिक हुने गरे पनि पछिल्लो समय टीनएजदेखि नै यो समस्या देखा पर्न थालेको कस्मेटोलोजिष्ट चिमरिया बताए।

कपाल प्रत्यारोपण गर्दा सामान्य चोटपटक लागे जति पनि समस्या नहुने र कुनै खालको ठुलो शल्यक्रिया पनि नभएकोले कपाल प्रत्यारोपण गरेकै दिन घर जान सक्ने बताइन्छ । कपाल प्रत्यारोपण गर्दा पेनलेस हुन्छ चिमरियाले भने – कपाल प्रत्यारोपण गर्दा डराउनु पर्दैन ।

सौन्दर्यका पारखीहरूका लागि कपाल प्रत्यारोपणले फाइदा पुग्ने बताइन्छ । अत्याधुनिक प्रविधिसहित शुरु भएको कपाल प्रत्यारोपण सेवालाई साताव्यापी मात्र नभई आगामी दिनमा आम नागरिकको सुझाव बमोजिम अघि बढाइने बताइएको छ । एचडीहेयर एन्ड डर्मा केयरमा करिब एक वर्ष अघि मात्रै सञ्चालनमा आए पनि छोटो समयमा उच्च स्तरीय प्रविधि भित्राएर कस्मेटो, डर्मेटो सम्बन्धी उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताइएको छ ।

बिशेषगरी उच्चस्तरीय मेशिन तथा उपकरणहरूद्वारा छालाको जाँच, दाद, शोराइसिस, एक्जिमा जस्ता छालाका रोगहरूको समेत सफल उपचार हुँदै आएको केयरमा पछिल्लो पटक कपाल प्रत्यारोपण मेलाको आयोजना गर्दै पूर्वका सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गरिएको हो ।

सम्बन्धित समाचार