२०८१ चैत्र १३ गते , बुधबार

फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३ गते , मंगलबार
फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन (आन्तरिक) को पनि प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि ७४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

सम्बन्धित समाचार