२०८३ बैशाख २ गते , बुधबार

भद्रपुरमा बेवारिसे अवस्थामा भेटियो चोरीको मोटरसाइकल

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३ गते , मंगलबार
भद्रपुरमा बेवारिसे अवस्थामा भेटियो चोरीको मोटरसाइकल

झापा । झापामा चोरी भएको मोटरसाइकल प्रहरीले सवारी धनिलाई फिर्ता गरेका छन् । अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थित माउन्ट मेची होटेल अगाडी पार्किङ गरी राखिएको मोरङ विराटनगर महानगरपालिका ७ बस्ने रोशन कार्कीको नाममा दर्ता कायम रहेको को ३२ प ६६४७ नम्बरको जिक्सर मोटरसाइकल गत पुस १८ गते चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि सवारीधनि कार्कीले इलाका प्रहरी कार्यालय अनारमनिमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा चैत १ गते भद्रपुर नगरपालिका १० स्थितमा सडक किनारमा बेवारिसे अवस्थामा भेटाएका थिए । भेटाएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय झापाले धनी कार्कीलाई बोलाएर फिर्ता गराएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार