२०८३ बैशाख २ गते , बुधबार

इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु

इलाम । इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सूर्योदय नगरपालिका ३ स्थित रुङसुङमा सोमबार बिहान पिकअप दुर्घटना हुँदा चालक सोही स्थानका ४३ वर्षीय रेसमबहादुर राय मृत्यु भएको प्रहरीले जनाएको छ । मे१ज १२४१ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

सम्बन्धित समाचार