२०८३ बैशाख २ गते , बुधबार
रुखबाट लडेर एक महिलाको मृत्यु
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।आइतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् । घाइते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।