२०८३ जेष्ठ १७ गते , आईतबार

आदर्श कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
आदर्श कलेजका विद्यार्थीलाई ट्राफिक सचेतना 

झापा । आदर्श कलेज अफ म्यानेजमेन्टले एक दिने ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । २०० भन्दा ज्यादा विद्यार्थीलाई बिर्तामोडको आदर्श ब्याङकेटमा अभिमुखीकरण दिइएको थियो । 

कलेजका कोर्डिनेटर रबीन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी सन्तोष आचार्य,  जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले विद्यार्थीहरूलाई जीवनको महत्त्व, नियम पालना, लागु पदार्थ दुर्व्यसनी जस्ता विषयमा सहजिकरण गरेका थिए ।

ट्राफिक कार्यालय झापाका सई शिव कुमार शर्माले विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा बारे अभिमुखीकरण दिएका थिए । कार्यक्रममा अभिनाता भरत बस्नेत, विष्णु आचार्य, भरत यादव लगायत आदर्श कलेजका  शिक्षक र कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलापका प्रशिक्षक दीपक दासले गरेका थिए । आदर्श ब्याङकेट ,माइरा ग्रल्स होस्टेल, ब्रिज क्याफे, सुरवाती कोठा नेपाल झापा र ए। सी ।ई लर्निङ्ग सेन्टरको सह आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार