२०८३ जेष्ठ १७ गते , आईतबार

झापामा टिपरको ठक्करबाट मृत्यु : पीडितका परिवारलाई ११ लाख दिने सहमतिपछि विवाद साम्य

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
झापामा टिपरको ठक्करबाट मृत्यु : पीडितका परिवारलाई ११ लाख दिने सहमतिपछि विवाद साम्य

झापा । टिपरको ठक्करबाट मृत्यु भएका सरोज कार्कीका परिवारलाई ११ लाख रुपैयाँ दिने, क्षतिग्रस्त मोटरसाइकल बनाइदिने र क्षति पुगेको घरको मर्मत गरिदिने  सहमति भएपछि झापाको कमल गाउँपालिकामा उत्पन्न विवाद साम्य भएको छ। ना१ क ६१६५ नम्बरको टिपरले किच्दा शनिवार  शिवसताक्षी नगरपालिका ४ डाँडागाउँका २७ वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। 

टिपरले ठक्कर दिएर लडेका कार्कीलाई चालकले टिपर अगाडि बढाएर  किचेर  मारेको दाबी गर्दै स्थानीय विरोधमा उत्रिएपछि सो क्षेत्र तनावग्रस्त भएको थियो। दुर्घटनापछि चालक चित्र कार्की लुकेको घरमा आक्रोशित स्थानीयले तोडफोड गर्नुका साथै सडक अवरुद्ध गरेका थिए। दिनभर सडकमा उत्रिएका आक्रोशित स्थानीय, स्थानीय प्रशासन, टिपर धनी र मृतक परिवारका बिच शनिवार राति शव दाहसंस्कार गर्ने सहमति भएपछि आइतबार बिहानैदेखि सो क्षेत्रमा  यातायात सञ्चालनमा आएको थियो।  चालकले मादक पदार्थ सेवन गरेर टिपर चलाउँदा मे १प ३७४७ नम्बरको मोटरसाइकलमा सवार सरोजलाई ठक्कर दिएको दाबी गर्दै स्थानीय विरोधमा उत्रिएका  थिए।

ठक्कर दिने टिपर हुलाकी राजमार्गको रतुवामाइ कनकाई सडक खण्डको निर्माण कार्यमा प्रयोग गरिएको मोतीदान कन्ट्रक्सनको हो। घटना लगत्तै स्थानीयको नियन्त्रणमा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर तनाव साम्य पर्ने प्रयास गरेको थियो। दिनभरको प्रयासपछि जनप्रतिनिधिको रोहवरमा वार्ता भएको र  सो  सहमति जुटेको दमक प्रहरीले जनाएको छ। आयोमेलबाट

सम्बन्धित समाचार