२०८३ जेष्ठ १७ गते , आईतबार
मिलको फित्तामा सल बेरिएर वृद्धाको मृत्यु
भोजपुर । भोजपुर रामप्रसाद राई गाउँपालिका –१ ओख्रेकी ७६ बर्षीया कुमारी बानियाको धान कुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिवार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई उनी घाइते भएकी थिइन् । बानियाको उपचारको क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।