२०८२ असार २ गते , सोमबार

भद्रपुर नाकाबाट ८ पोका कपडा बरामद

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २९ गते , शनिबार
भद्रपुर नाकाबाट ८ पोका कपडा बरामद

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले कडाइ गरेसँगै तस्करीको माध्यमबाट सरसामान भित्राउने तस्कर समूह सक्रिय बनेका छन् । भन्सार कार्यालयमा ठुलो परिमाणको लत्ताकपडा भारतबाट आउन छाडेपछि तस्कर समूह चोरी निकासीको बाटो रोज्न थालेका छन् ।

यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार मध्यरातमा ८ पोका कपडा बरामद गरेको छ । भद्रपुर ३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैबाट करिब २ लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

बरामद गरिएको लत्ताकपडामा कुर्ता र कुर्ता सरुवा लगायत रहेका छन् । बरामद गरिएको सामान आइतबार भद्रपुर भन्सार कार्यालय बुझाउने प्रहरीले जनाएको छ । तस्कर समूहले भद्रपुर-३ स्थित महेशपुरको झोलुङ्गे पुल आसपासका क्षेत्रबाट रातको समयमा लत्ताकपडा भन्सार छलेर नेपाल भित्राउने त्यहीका तस्कर सक्रिय रहेको स्थानीयले बताएका छन् । 

सम्बन्धित समाचार