२०८३ बैशाख २ गते , बुधबार

झापामा सवारी दुर्घटना : एक महिलासहित दुई जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २९ गते , शनिबार
झापामा सवारी दुर्घटना : एक महिलासहित दुई जनाको मृत्यु 

झापा । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ४ बस्ने २० वर्षीय सरोज कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

प्रहरीका अनुसार कमल गाउँपालिका १ स्थित केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्डमा ना १ क ६१६५ नम्बरको टिपरले बाटो काट्दै गरेका मे ३ प ३७४७ को मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता टिपरको ठक्करबाट कार्कीको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ । मृतकका आफन्त तथा स्थानीयले सडक खण्डमा अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प बनेको छ । मृतकका आफन्तलाई उचित क्षतिपूर्ति र टिपर चालकलाई कडा कारबाहीको माग राख्दै शव बुझ्न मानेका छैनन् । त्यस्तै झापा बाह्रदशी गाउँपालिका ५ कनकन मार्ग स्थितमा शनिवार साढे १ बजे मे ११ प ८४५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना परी स्कुटर चालक सोही ठाउँका ४३ बर्षीया कलसावती राजवंशीको मृत्यु भएको छ । घाइते राजवंशीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार