२०८३ बैशाख २ गते , बुधबार

कचकवलका सबै वडामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २८ गते , शुक्रबार
कचकवलका सबै वडामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

(रोहित काफ्ले) भद्रपुर । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाको सहरीकरणमा कचनकवलको सात वटै वडामा छुट्टाछुट्टै रुपमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम सम्पन्न भएको हो । क्लिन झापाले कोभिड १९ का कारण स्थगित भएको गत वर्षकै कार्यक्रमलाई यस वर्ष निरन्तरता दिएको संस्थाका सचिव रुद्रबहादुर न्यौपानेले बताए ।
शुक्रवार कचनकवल वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष विजयकुमार राजवंशीको अध्यक्षतामा आयोजित ‘दूषित खानेपानी तथा फोहोरजन्य रोगहरू र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक उक्त कार्यक्रममा संस्थाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा, शौचालय एक फाइदा अनेक’ र ‘कोभिड–१९ ले पारेको असर र अपनाउनुपर्ने सावधानी’, अध्यक्ष शान्ति उपाध्यायले खानेपानीसम्बन्धी र  उपाध्यक्ष सन्तोष न्यौपानेले ‘फोहोर मैला व्यवस्थापन’ र ‘पूर्ण सरसफाइ’का विषयमा प्रस्तुति गरेका थिए  ।
सोही कार्यक्रम बिहीबार वडा नं २ मा वडाध्यक्ष मेखबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अरू वडामा यसअघि नै कार्यक्रम सम्पन्न भएको क्लिन झापाका सचिव एवम् सरसफाइ योद्धा रुद्रबहादुर न्यानैपानेले जानकारी दिए।
कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहरूमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, टाल विकास संस्थाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको पनि न्यौपानेले बताए । अब कचकवलका पाँच वटा विद्यालयमा यो कार्यक्रम गरिने बताइएको छ । 
 

सम्बन्धित समाचार