२०८१ माघ २७ गते , आईतबार

चन्द्रगढी काली मन्दिरको आय व्यय सार्वजनिक, सहयोगी दाताहरूलाई सम्मान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २८ गते , शुक्रबार
चन्द्रगढी काली मन्दिरको आय व्यय सार्वजनिक, सहयोगी दाताहरूलाई सम्मान

भद्रपुर । भद्रपुरको चन्द्रगढी बजारस्थित काली मन्दिर अर्थ सङ्कलन उपसमितिले एक कार्यक्रमका बिच आय व्यय सार्वजनिक गर्नुका साथै दाताहरूलाई सम्मान गरेको छ । कुल एक करोड ५० लाख रुपैयाँको लागत रहेको ३ तले मन्दिर निर्माणार्थ गत माघ २० गते सम्ममा ६५ लाख १४ हजार ३ सय ४८ रुपैयाँ नगद सङ्कलन भइसकेको समितिले जानकारी दिएका छन् ।

\दाताहरूबाट कुल ७३ लाख ५८ हजार ८ सय ७९ रुपैयाँ १० पैसा दान प्राप्त हुने आएको मध्ये अब प्राप्त हुन बाँकी रकम ८ लाख४४ हजार ५ सय ४१ रुपैयाँ रहेको र हाल ६ लाख ९५ हजार ८ सय ६५ रुपैयाँ बैक मौज्दात रहेको काली मन्दिर व्यवस्थापन समितिकी सचिव यशोदा कोइरालाले जानकारी दिइन । आय व्यय सार्वजनिक कार्यक्रमकै अवसरमा परमानन्द खरेल र गीता एवम् गङ्गा खरेलको स्मृतिमा छोरा मुरारी खरेलले ३ लाख ५१ हजार रुपैयाँ प्रदान गर्नुका साथै विभिन्न दाताहरूबाट ८ लाख रुपैयाँ नगद प्राप्त भएको उनले बताइन् ।

साथै एक सय जना दाताहरूलाई सम्मान समेत गरिएको कार्यक्रम काली मन्दिर अर्थ सङ्कलन उपसमितिका अध्यक्ष मोहन कुमाईंको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको औचित्य माथि भीम पौडेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा असारु राजवंशी र रघुनाथ रिमालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य धनप्रसाद सिवाकोटीले राखेको थिए । कार्यक्रमको सञ्चालन सचिव यशोदा कोइरालाले गरेकी थिइन् । चन्द्रगढी हाटबजार लाग्ने स्थलमा साबिक काली मन्दिर पुनर्निर्माण गरी सोही स्थानमा निर्माणाधीन मन्दिरको हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी ५० प्रतिशत काम २०७८ सालको दसैँ अघि सम्पन्न गर्ने समितिको लक्ष्य छ । 

सम्बन्धित समाचार