२०८३ बैशाख २ गते , बुधबार

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा व्यवसायी भुजेलको मृत्यु, एक घाइते

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २८ गते , शुक्रबार
झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा व्यवसायी भुजेलको मृत्यु, एक घाइते

झापा ।  मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा झापामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका ८ बस्ने ५० वर्षीय इन्द्र भुजेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक भुजेल इन्द्र साउन्ड एन्ड टेन्ट हाउस दमकका सञ्चालक हुन । 

प्रहरीका अनुसार बिहीबार राती ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट नजिकै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १ ०१ १३ प ८७६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ६२१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटना परी घाइते भुजेललाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मोटरसाइकल चालक दमक नगरपालिका ४ बस्ने अन्दाजी २५ वर्षीय संजोक सुन्दासको टाउको गम्भीर चोट लागेको छ । दमकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार