२०८१ माघ २७ गते , आईतबार

आज महाशिवरात्रि, देशभरका शिवालयमा श्रद्धालुको घुइँचो

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
आज महाशिवरात्रि, देशभरका शिवालयमा श्रद्धालुको घुइँचो

काठमाडौं । फागुन कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि। हिन्दु धर्मावलम्बी श्रद्धालुहरूले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। 
महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

पुराणहरूमा भगवान् शिवलाई भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा चिनाइएको छ। यस्तै संहारका देवताका रूपमा पनि शिवको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ। 

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। a

सम्बन्धित समाचार