२०८३ बैशाख ३ गते , विहीबार
झापाको कनकाई नहरमा एक महिलाको शव फेला
झापा । झापाको शिवसताक्षी नगरपालिकामा बुधवार बिहान कनकाई नहरमा एक महिलाको शव फेला परेको छ । उनको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ र ११ को सिमानामा पर्ने कनकाई नहर अन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । प्रहरीले कानुनी प्रक्रिया पुरा गरेपछि थप अनुसन्धान सुरु गर्ने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।