२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडको एक घरमा आगलागी

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
बिर्तामोडको एक घरमा आगलागी

झापा। बिर्तामोडको एक घरमा ग्यास लिक भएर मंगलबार साँझ आगलागी भएको छ । बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बस स्टेन्ड दक्षिण खेम बुढाथोकीको घरमा आगलागी भएको हो । बुढाथोकीको तीन तलामा सो आगलागी भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजे शुरु भएको आगलागी पौने ८ बजे नियन्त्रणमा आएको थियो ।

आगो निभाउन बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयवासी खटिएका थिए । आगलागीबाट घरमा भएका सरसामान जलेर नष्ट भएको र क्षतिको विवरण निकाल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

सम्बन्धित समाचार