२०८३ बैशाख ३ गते , विहीबार

झापामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
झापामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा झापामा यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनामा परी एक जना घाइते भएका छन्  मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका बस्ने ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका एलम्बर चोकमा मंगलबार विहान १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २७४६ नम्बरको बसले  विपरीत दिशा तर्फ आउँदै गरेको को ३८ ४१९४ नम्बर को स्कुटरलाई ठक्कर दिएको थियो

दुर्घटना परी स्कुटर चालक राजेन्द्र देवान सोही स्कुटरको पछाडि सवार चुलाचुली बस्ने ४० वर्षीय पूर्ण राई गम्भीर घाइते भएका थिए घाइते दुवै जनालाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक देवानको उपचार क्रममा मङ्गलवार बिहान ११ बजे मृत्यु भएको हो दुवै सवारीसाधनसहित बस चालक अर्जुनधारा नगरपालिका ११ नयाँ बस्ती बस्ने ४० वर्षीय मानबहादुर पुरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको

सम्बन्धित समाचार