२०८३ बैशाख ३ गते , विहीबार

श्रीमान बोकेर श्रीमती दौडिएपछि...

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २४ गते , सोमबार
श्रीमान बोकेर श्रीमती दौडिएपछि...

तनहुँ । तनहुँको देवघाटमा विवाहित महिला नौलो प्रतियोगितामा सहभागी भए । उनीहरुले श्रीमानलाई बोकेर आफू साहसी भएको उदाहरण दिएका छन् । देवघाट गाँउपालिकामा महिला दौड प्रतियोगितामा सहभागी भए ।

त्यसपनि श्रीमानलाई बोकेर । उनीहरुले आफू सक्षम र साहसी छु भन्ने प्रमाणीत गरेर देखाए । कोही लाज मान्दै थिए त कोही रमाइलो । नयाँखालको खेलमा दर्शक पनि रोचक मानेर हेरिरहेका थिए।

देवघाट गाँउपालिकाको आयोजनामा १११ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रीमानलाई बोकेर दौडमा सहभागी भए । सय मिटरको दुरीमा महिला श्रीमान बोकेर दौडिएका थिए ।

१४ जोडी श्रीमान श्रीमती सहभागी थिए । प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भए । २३ वर्षीया गंगा गुरुङ र नविन गुरुङको जोडि तेस्रो भयो भने ४५ वार्षीया सितासिता लामिछाने थापा क्षेत्री र ५५ वर्षीय बम बहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएको थियो।

यस्तै उजेली पन्त पोख्रेल र भरत पोख्रेलको जोडीले सान्त्वना स्थान पाए । नारीको क्षमता प्रदर्शन गर्न कार्यक्रमको आयोजना गरेको भएको देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले बताइन् । दौडमा सहभागी श्रीमान-श्रीमतीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार